द हिमाल वर्ल्ड
सिक्किम, 6 जनवरी, 2025
दक्षिण सिक्किमको राभाङकी 60 वर्षीय जसमाया राईले नयाँ वर्षको उपहार नयाँ घर पाएकी छिन्। सिक्किम गरीब आवास योजना अन्तर्गत निर्माण गरिएको नयाँ घर सोमबार बिहान मुख्यमन्त्री पीएस गोलेले उद्घाटन गरेर लाभार्थीलाई हस्तान्तरण गरे। जसमाया राईको घर 60 वर्षको उमेर पुग्दा पनि नबनिएपछि गत वर्ष जोरथाङको एउटा कार्यक्रममा मुख्यमन्त्री पीएस गोलेलाई लाइनमा बसेर भेटेर घर बनाइदिने उनले अर्जी चढाएकी थिइन्। जसमायाको अर्जीलाई ध्यानमा राखी मुख्यमन्त्रीले उनको घर सरकारले बनाइदिने प्रतिवद्धताका साथ सम्बन्धित सरकारी अधिकारीलाई घर निर्माण चाँडै गरिदिने निर्देश दिएका थिए। मुख्यमन्त्रीको निर्देशलाई पालन गर्दै विभागले जसमाया राईको घर निर्माण गरेपछि सोमबार मुख्यमन्त्रीले उद्घाटन गरेर बृद्धा जसमायालाई हस्तान्तरण गरेका हुन्।
Leave a Comment